नारी दिवसको अवसरमा शारदा खनालको परदेश जाने नारीको पिडा भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: नारी दिवसको अवसर पारेर लाखौं नारीहरुको कथा ब्यथामा आधारित गीत भिडियो सार्बजनिक गरिएको छ । सर्बसम्मन म्युजिक प्रा. लि.को प्रस्तुतिमा शारदा खनालको ‘स्वर्ग’ बोलको गीत भिडियो सार्बजनिक गरिएको हो । कपिलबस्तु जिल्ला चार नमर चितपुर हाेटल अन्नपूर्णमा एक कार्यक्रमका बीच भिडियो सार्बजनिक गरिएको हो । थानेश्वर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथि लोक दोहोरि प्रतिष्ठानका उपाध्यक्ष रमेश बिजि रहेका थिए । कार्यक्रममा भिडियो निर्देशक प्रकाश क्षेत्रि अतिथिको रुपमा उपस्थित भएका थिए ।

गायिका बिष्णु माझीको आवाजमा रहेको गीतमा शब्द तथा संगीत शारदा खनालको रहेको छ। भिडियोमा आशा खड्का,नबुराम न्यौपाने,आर्यन खड्का,समिक्षा र सिसन अधिकारीको अभिनय रहेको छ । बिरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाइ अनिल राणाले सम्पादन गरेका हुन् । प्रकाश क्षेत्रिले निर्देशन गरेको भिडियोमा एउटी नारीको पीडा र बेदनालाइ प्रस्तुत गरिएको छ । आफ्नो घरको बाध्यताको कारण विदेश गयकी नारीको कथा भिडियोले बोल्छ ।