मेलिनाको ‘सिन्दुर’मा सम्पदा र बिनोद (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायिका मेलिना राइको स्वरमा ‘सिन्दुर’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । गीतकार दिनेश पोखरेलको पहिलो गीत ‘सिन्दुर’मा संगीतकार गैरे सुरेशको संगीत रहेको छ भने गीतलाई सुदिप सागरले संगीत संयोजन गरेका छन्। सार्बजनिक भिडियोमा सम्पदा बाँनिया र बिनोद न्यौपाने फिचर्ड छन् म्युजिक भिडियो युवराज वाइबाको निर्देशन, उत्सव दाहालको सिनेमाटोग्राफी र बिकाश दाहालको सम्पादनमा बनेको हो ।

भिडियोलाई ओ एस आर डिजिटलको यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । झापा स्थायी घर भई हाल बेल्जियममा रहेका गीतकार पोखरेलको संगीतकार गैरे सुरेशको एकल संगीतमा छिट्टै नै गीती एल्बम ल्याउने तयारीमा छन। करिब २ दशक देखि नेपाली सागीतिक छेत्रमा लगातार लागी आफ्नै फरक पहिचान बनाउन सफल सशस्त्र प्रहरी बलमा डीएसपी पदमा कार्यरत संगीतकार गैरे सुरेशले करिब ५०० वटा भन्दा बढी गीतमा संगीत भरिसकेका छ्न ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.