‘लभ स्टेशन’ फर्स्ट लुकमा प्रदीप र जसिता बने रोमान्टिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’ नयाँ वर्षको अबसर पारेर २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउंदै छ । सांगीतिक प्रेम कथामा आधारित यो चलचित्रको प्रदर्शन मिति निजिकिँदै गर्दै फस्ट लुक्सको रुपमा यसको पोष्टर शुक्रबार सार्बजनिक गरिएको छ । चलचित्र प्रदर्शनको मिति नजिकिँदै गर्दा यो चलचित्रको पोष्टर सार्वजनिक गरिएको यसका प्रस्तुत कर्ता गोविन्द शाहीले जानकारी गराएका छन् ।

सबै पोष्टरको डिजाईन आनन्द महर्जनले गरेका हुन् । ‘लभ स्टेशन’ को भियतनाम र बालीमा खिचिएको गीत जुन तारा चाहिंदैन… गीत सार्बजनिक भइ सकेको छ । यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्र सांगीतिक प्रेम कथामा आधारित पारिवारिक चलचित्र हो । अभिनेता प्रदीप खड्काले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा ‘लभ स्टेशन’ मा आफ्नो काम केही पृथक रहेको बताएका छन् ।

आलोक शुक्लाको छायाँकन रहेको ‘लभ स्टेशन’ मा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।