सुरज थापाको परदेश जानेहरुको पिडा समेटिएको ‘हवाईजहाज’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक सुरज थापाको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । नेपाली हरुको वास्तविक कथा व्यथा समेटिएको ‘हवाईजहाज’बोलको गीतमा शब्द प्रमानन्द खरेलको रहेको छ भने गीतमा प्रकाश नेपालीको संगीत रहेको छ । गोबिन्द मधुर आचार्यले संगीत संयोजन गरेको गीतलाइ अन्जुली इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको हो । नेपाल आइडलमा सहभागी भएर धेरै दर्शक श्रोताको मनमा बस्न सफल गायक सुरज थापाले गीतलाई मन छुने गरि गाएका छन् ।

गीतको भिडियोमा थुप्रै नेपाली चलचित्रमा अभिनय गरि सकेकी अभिनेत्री ऋचा शर्माको साथमा राज खड्का र संगीत सन्तोषको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् निर्देशक सर्जुन राइले भिडियोलाइ उत्कृस्ट बनाएका छन् । परदेशमा जाने नेपालीहरुको कथा व्यथा र छोरो विदेश गए पछि घरमा रहेका आमा बुबाको दुख पिडालाइ भिडियोमा समेटिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.