अनमोलको ‘क्याप्टेन’ प्रदर्शनमा


सेलिब्रेटी नेपाल

काठमाडौँ:अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । वर्षकै प्रतिक्षीत चलचित्रको रुपमा हेरिएको चलचित्र ‘क्याप्टेन’लाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । अभिनेता अनमोल केसीलाई पछिल्लो समय नेपाली चलचित्रमा लगानी उठाउने कलाकारको रुपमा हेर्ने गरिन्छ । सुपर काजल फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रलाई सदावहार अभिनेता भुवन केसीले निर्माण गरेका हुन् भने चलचित्रको कार्यकारी निर्माता जिया केसी हुन् । चलचित्रमा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । चलचित्रमा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभी, प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

चलचित्रमा सामिप्यराज तिमिल्सेनाको कथा, निर्देशक दीवाकर भट्टराईको पटकथा तथा संवाद, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, दिर्घ राज खड्काको सम्पादन रहेको छ ।

आजै बाट हेमराज बिसिको निर्देशन रहेको चलचित्र ‘दि ब्रेकअप’पनि प्रदर्शनमा आएको छ। ‘दि ब्रेकअप’ मा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, सरोज खनाल, इच्छा कार्की लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । रुपक थापा, दीपक खतिवडा र रेनु राणाको निर्माणमा बनेको चलचित्रलाई नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको छ । नरेन्द्र मैनालीले छायाँकन गरेको चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.