गजलकार गुमनामको ‘समय आएपछि’ सार्बजनिक


सेलिब्रेटी नेपाल

भिडियोमा आकाश र आंचलको अभिनय
काठमाडौँ: नेपाली संगित जगतमा अलग उर्जा सहित गजल संग्रह ‘समय आएपछि’ सार्बजनिक गरिएको छ । संग्रहित एल्बममा ८ वटा गजलहरु संग्रह गरिएको छ । गजलकार धुव्र के.सि. (गुमनाम) को सृजना र संगितकार ईश्वर खत्रिको संगितमा सजिएका गजलहरुमा संगित संयोजन किरण कंडेलले गरेका छन् । मंगलबार काठमाडौंको निशहाय सेवा केन्द्र शान्तिनगरमा एक कार्यक्रम सहित उक्त गजल संग्रह वरिष्ठ गायक तथा संगितकार दिपक जंगमले विमोचन गरेका छन् ।

डि.ए.आर मुभिजले निर्माण र बजार व्यवस्थापन गरेको उक्त एल्बमको गजल समय आएपछिको म्युजिक भिडियो म्युजिक नेपालबाट डिजिटल मिडियामा सार्वजनिक गरिएको छ । गायक प्रमोद खरेलको स्वर रहेको गितको भिडियोमा आकाश श्रेष्ठ र आँचल शर्माको साथमा रश्मि भट्ट, राजाराम गौतम, श्वेता गोले लगाएतको अभिनय रहेको छ ।

प्रभावन जे ले निर्देशन गरेको उक्त म्युजिक भिडियो टंक के.सिले खिचेका हुन् भने सम्पादन नविन भट्टले गरेका छन् । गजलको म्युजिक भिडियो पर्यटकिय नगरी धुलिखेलमा छांयाकन गरिएको डि.ए.आर. मुभिजका व्यवस्थापक डिएन दाहाल (धनपति) ले जानकारी दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.