बाल गायिका अनुशाको मार्मिक गीतमा अन्जली र सुरज (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: झापा जिल्लामा जन्मिएकी बाल गायिका अनुषा ओलीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । हरि लम्साललो संगीत र किरण के. उप्रेतीको शब्द रचना रहेको ‘हुनेलाइ सबको माया’ बोलको मार्मिक गीत भिडियो सार्बजनिक गरिएको हो । बिराट ज्योति इङ्ग्लिश स्कुलमा कक्षा ७ मा अध्यनरत अनुषा बिर्तामोडमा रहेको सरगम संगीतालयमा संगीत सिकी रहेकी छिन । भबिस्यमा सफल गायिका बन्ने उदेश्य बोकेकी अनुषाको स्वर सुमधुर छ ।

शारीरिक रुपमा अशक्त अनुषाको स्वरमा जादु देखेर कविता शिवाकोटीले सहयोग गरेकी छिन । निश्चल केसीले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने विकास ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोमा अन्जली अधिकारी,सुरज श्रेष्ठ,रमा थपलिया र गायिका स्वयम् अनुशाको अभिनय रहेको छ । उक्त गीत गायिका ओलीको आफ्नै कथा व्यथा रहेको गायिकाले बताईन् । म्युजिक १ नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत भिडियो सार्बजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.