‘मेरो एउटा साथी छ’ को सिक्वेल बन्दै, दोहोरिएलान आर्यन र नम्रता ?


सेलिब्रेटी नेपाल

काठमाडौँ: २००९ मा निर्माण भएको चलचित्र ‘मेरो एउटा साथी छ’को सिक्वेल बन्ने भएको छ । ब्यबसायिक रुपमा सफल चलचित्रको सिक्वेललाइ निर्देशक दिनेश राउतले निर्देशन गर्ने भएका छन् मंगलबार निर्माता प्रज्वल शमसेर जबरा र निर्देशक दिनेश राउतबीच आधिकारीक रुपमा निर्माण सम्झौता भएको छ । सुदर्शन थापाले निर्देशन गरेको सफल चलचित्रमा अभिनेता आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी बाँधिएको थियो । तर सिक्वेलमा यो जोडी रहने नरहने अहिलेसम्म पक्का भएको छैन ।

हाल निर्देशक दिनेश राउत ‘मेरो एउटा साथी छ’ को कथा लेख्नमा व्यस्त छन् । एक दशकपछि निर्माण हुन लागेको सिक्वेललाई आइकोर फिल्मस्को ब्यानरमा प्रभु शमसेर जबराले निर्माण गर्ने भएका हुन् । एक दशक पहिले निर्देशक राउतले ‘मेरो एउटा साथी छ’मा सहायक निर्देशकको रुपमा काम गरेका थिए ।

दिनेशले आर्यन सिग्देल र नम्रता श्रेष्ठलाई लिएर ‘नोभेम्वर रेन’ र ‘क्लासिक’ जस्तो सफल लभस्टोरी चलचित्र बनाइ सकेका छन् । ‘मेरो एउटा साथी छ’ को सिक्वेल बन्दै गर्दा दर्शकले फेरि आर्यन र नम्रताको जोडी अवश्य पनि खोज्नेछन् । के सिक्वेलमा यो जोडी दोहोरियला यसको चर्चा अहिले चलचित्र बजारमा भई रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.