मेरुना र राजकुमारको ठुम्का ‘साइनो’मा समाबेश पहिलो गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : चलचित्र ‘साइनो’मा समाबेश पहिलो गीत सार्बजनिक गरिएको छ ‘मायालुलाई जात्रैमा भेटियो’ बोलको गीत राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्बजनिक गरिएको हो । सार्बजनिक गीतमा मेलिना राई र प्रताप दासको स्वर रहेको छ । बसन्त सापकोटाको संगीत रहेको गीतमा चेतन कार्कीको शब्द रहेको छ । आकर्षक सेटअप तयार पारेर खिचिएको गीतमा राज कुमार र मिरुना मगर फिचर्ड छन् भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । ‘साइनो’नाममा पहिले नै चलचित्र बनेको थियो तर उक्त चलचित्र सफल पनि भएको थियो त्यो बेलाको सिनो र अहिलेको ‘साइनो’ को कुनै सम्बन्ध नरहेको नाम मात्र मिलेको निर्देशक थापाले कार्यक्रममा बताए ।

रमेश थापाको निर्देशनमा बनेको चलचित्रमा निता ढुंगाना, मिरुना मगर, राज कुमार, बसुन्धरा भुसाल, मददास श्रेष्ठ, बसुकला मैनाली, बिशाल पहाडी,राजा राजेन्द्र, श्याम राइ,धर्मेन्द्र आचार्य,भुवन चन्द लगाएतको मुख्य भूमिका रहेको छ । चलचित्रको प्रस्तुतकर्ता भुवन चन्द हुन भने निर्मातामा शरण थापा रहेका छन् । चलचित्रमा अभिमन्यू निरवीको कथा, रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन रहेको छ । चलचित्र आगामी बर्षको जेठ १० गते बाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।