महाशिवरात्रीको पुर्वसन्ध्यामा ‘आउ फर्केर’ लिएर आध्यात्मिक सांगीतिक ब्यान्ड सत्याकृत (भिडियो )


सेलिब्रेटी नेपाल

काठमाडौँ: महाशिवरात्री पर्व नजिकिदै गर्दा सत्याकृत फाउण्डेशन अन्तर्गतको सत्याकृत ब्याण्डले “आउ फर्केर”बोलको गीत भिडियो सार्वजनिक गरेको छ । आयतित संस्कार र परम्परामा भुलिरहेको अहिलेको नेपाली समाजलाई आफ्नै सनातन भावले सु–सज्जित गर्दै ‘सत्याकृत’ ले गीत संगीतको माध्यमबाट मानवता,एकता,आध्यात्मिकताको सकारात्मक उर्जा बृद्धिकरणको निम्ति प्रेरणा स्वरूप,गीति सन्देश,गीती आनन्द छर्ने प्रयास गर्दै आईरहेको छ ।युवाहरुमा नैतिक जागरण तथा संस्कृति जगेर्ना गर्ने सकारात्मक पहल’ नारा लिएर उदाएको नेपालको पहिलो र एकमात्र आध्यात्मिक सांगीतिक ब्यान्ड सत्याकृतले सांगीतिक क्षेत्रमा अलग्गै पहिचान बनाउन सफल हुदै आएको छ ।

यहि फाल्गुन २० गते महाशिवरात्रीको दिन पोखरास्थित लेकसाइडको हलनचोकमा आयोजना हुने शिवरात्री सांङ्गीतिक उत्सवमा ब्यान्डले विशेष प्रस्तुतिमा दर्शकलाई भरपुर मनोरञ्जन गराउने छ। महाशिवरात्रीको पुण्य दिनमा पोखराको लेकसाइड परिसरमा आयोजना गर्न लागिएको सांङ्गीतिक उत्सवमा नेपालका ख्याती प्राप्त वरिष्ठ कलाकारहरुको प्रस्तुति र उपस्थिति समेत रहने जनाइएको छ । उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण एपीवान टेलिभिजनले गर्ने भएको छ । गत साल पनि महाशिवरात्रीको दिन ‘सत्याकृत’ले पोखरामा भब्य सांगीतिक कार्यक्रम गरेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.