बुनु श्रेष्ठको नेपाली मौलिकपन झल्कने मारुनी गीत सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: बिगत दुइ दशक देखि नेपाली गीत संगीतमा सक्रिय गायिका बुनु श्रेष्ठको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ नेपाली मौलिकपन झल्किने मारुनी गीतको भिडियो यु ट्युब मार्फत सार्बजनिक गरिएको हो स्टुडियो साउण्ड मिलको अफिसियल यु ट्युब मार्फत भिडियो सार्बजनिक गरिएको हो मारुनी गीत ‘मलाई मेरै नेपाली’बोलको गीतमा प्रमोद कोईरालाको शब्द तथा संगीत रहेको छ भने गीतलाई महाराज थापाले संगीत संयोजन गरेका हुन्।

भिडियोमा नेपाली मौलिकता झल्कने नृत्य तथा दृष्यहरु छायाँकन गरिएको छ । लोप हुँदै गएको नेपाली कला संस्कृतिको जगेर्नामा केहि योगदान पुग्नेमा आशावादी रहेको बताउँछिन गायिका श्रेष्ठ भने गीतका रचनाकार तथा संगीतकार प्रमोद कोईराला उक्त गीत आफ्नो सांगितिक यात्राका लागि महत्वपूर्ण भएको बताउँछन्।

पशुपति श्रेष्ठको छायाँकन तथा निर्देशनमा निर्माण भएको भिडियोमा मोडल साक्षी लम्साल, क्रिस्टिना केसी, गरिमा र आयुष्मान राजभण्डारी फिचरिङ छन्। बिनोद रञ्जितको कोरियोग्राफी रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्। गायिका बुनु श्रेष्ठको आफ्नै स्टुडियो साउण्ड मिलमा रेकर्ड भएको गीतलाई उनकै श्रीमान् महेश्वरमान राजभण्डारीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.