जिया केसीहरूको मुख कसरी थुन्ने ?



(सेलिब्रेटी नेपाल) २१ फागुन-रंगीन स्वभावका भुवन केसी बुढ्यौली लाग्दा पनि ‘लभ अफेयर्स’को लफडामा पररिहेकै छन्। यी ‘सदाबहार’ हिरोलाई पछिल्लोपटक जिया केसीसँग जोडियो। दुवै जना धेरैपटक धेरै ठाउँमा सँगै भेटिए। जियाले ‘उहाँले चाहे म बिहे गर्न तयार छु’ भन्ने अभिव्यक्ति पनि दिइन्। प्रेम प्रसंगका कारण चर्चामा छाइरहने भुवनलाई हालै एक कार्यक्रममा एक पत्रकारले बधाई दिँदा उनले तर्कंदै भने, “भुवन केसीसँग बिहे गर्छु भन्ने धेरै छन्। आफूलाई मेरो फ्यान बताउँदै मसँग बिहे गर्छु भन्ने त्यस्ता जिया केसीहरूको मुख मैले कसरी थुन्ने ?” भुवनले फेरि अर्की भेटेजस्तो छ।

Copyright © 2012 - 2026 | All Right Reserved.