पत्रकार निडर हुन्छन अर्को जन्ममा म पत्रकार बन्न चाहन्छु,अमिताभ



पत्रकारहरु परिणामको वास्ता नगरी बिना कुनै डर आफ्ना कुरा राख्न सक्छन् भन्ने अमिताभको बुझाई छ ।अमिताभले आफ्नो टि्वटर एकांउटमा लेखेका छन्, ” म अर्को जन्ममा निश्चित रूपले पत्रकार बन्न चाहन्छु, ताकि म परिणामको परवाह नगरी बिना कुनै डर आफ्ना भावनाहरु व्यक्त गर्न सकुँ”। ७० वर्षीय बलिउड नायक अमिताभ प्रकाश झाको राजनीतिक थ्रिलर ‘सत्याग्रह- डेमोक्रेसी अंडर फायर’ का लागि भोपालमा शूटिंग गरिरहेका छन् । उनले भने, “प्रकाश झा जुन रफ्तारमा फिल्मको शूटिंगगरिरहेका छन्, त्यो आश्चर्यजनक छ तर, त्यो भन्दा राम्रो कुरा उनलाई आफ्नो कामको बारेमा राम्रो जानकारी छ ।”अमिताभ बाहेक फिल्ममा अजय देवगन, करीना कपूर, अर्जुन रामपाल र मनोज बाजपेयी पनि महत्वपूर्ण भूमिकामा छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.