हर्सिकाको आफ्नो मान्छेलाइ पर्खंदाको पिडा सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा निरन्तर लागि परेका सुरेश केसीको नयाँ सांगीतिक कोशेली सार्बजनिक गरिएको छ । ‘कति बसु कुरेर’ बोलको सार्बजनिक गीतमा रचनाकार सुरेशले श्रीमान परदेशमा रहेका श्रीमतीको पिडालाइ गीतमा व्यक्त गरेका छन्। प्रेमी संग छुट्टिएर बस्नु पर्दाको प्रेमिकाको पिडा गीतले बोल्छ ।

गायिका मेलीना राइको स्वरमा रहेको गीतमा सुरेश केसीको शब्द तथा संगीत ओम प्रकाश राइको रहेको छ । हर्सिका श्रेष्ठ र सुरेश केसीलाइ फिचर्ड गरिएको भिडियोमा परदेश गएको आफ्नो मान्छेको पर्खाइको पिडालाइ प्रस्तुत गरिएको छ । भिजन नेपालले निर्माण गरेको भिडियोलाइ रबिन्द्र बरालले छायांकन र निर्देशन गरेका हुन् । भिडियोलाइ प्रदिप दाहालले सम्पादन गरेका हुन् ।