प्रमोद खरेलको ‘यो कुरा गोप्य’ सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । यो कुरा गोप्य बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा आशिष अविरलको संगीत तथा एक नारायण भण्डारीको शब्द रहेको छ ।

शान थापाको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोमा नाजिर हुसेन र एलिशा राईको जोडी बाधिएको छ । भिडियोमा हुसेनले एलिशालाई आफूले माया गरेको कुरा गोप्य राख्न आग्रह गरिरहेका छन् । नाजिर आफ्नो हरेक क्रियाकलाप गोप्य राख्ने बताइरहेका छन् । तर, भिडियोको अन्त्यमा गायक खरेल कथामा ट्विस्ट बनेर आइदिन्छन् र एलिशालाई भगाउँछन् । राजिव समरको नृत्य निर्देशनमा रहेको भिडियोलाई अनिल के मानन्धरले खिचेका हुन् । कमल प्रसाईले ड्रोन चलाएको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.