जापानलाइ कर्मथलो बनाएका घिमिरेको ‘मारुनी’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक तथा संगीतकार चेतन सापकोटा र गायिका स्मिता दाहालको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । चेतन सापकोटाको संगीत रहेको गीतमा शब्द बिष्णु प्रसाद घिमिरेको रहेको छ । बिगत १३ बर्ष देखि जापानलाइ कर्म थलो बनाएका घिमिरेले गीत लेखनका साथै साहित्यमा समेत आफ्नो कलम चलाएका छन् । घिमिरेको ‘एक्लो विजेता’नामक कविता संग्रह प्रकाशनमा आइ सकेको छ। चेतन सापकोटाकै निर्देशन रहेको भिडियोमा शिशिर खातीको कोरियोग्राफी रहेको छ । राम कुमार केसीले छायांकन गरेको भिडियोलाइ टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । भिडियोमा चेतन,प्रियंका,कमल,बिष्णु र मेलिना लाइ फिचर्ड गरिएको छ । वि स्टार नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत भिडियो सार्बजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.