निर्माण पक्षको गल्ती ‘छड्के’ युनिटले स्वीकारे


 
(सेलीब्रेटी नेपाल) १८ फागुन चलचित्र समीक्षकबाट आलोचना खेपेपछि ‘छड्के’ युनिटले त्यसको खण्डन गर्न कार्यक्रम आयोजना गरेको छ।बिहीबार राजधानीको सर्वनाम थियटरमा यसका निर्माण पक्ष  समीक्षाको खण्डन गर्नमा व्यस्त रहे । छड्केका निर्माता माधव वाग्लेले डेढ वर्षदेखि अनुसन्धान गरेर तयार गरिएको चलचित्र दर्शकलाई बुझाउन नसक्नु निर्माण पक्षको गल्ती भएको बताए । ‘चलचित्रको स्क्रिप्टमा कमजोरी रहेछ। सुरुवातको व्यापार त राम्रो थियो,’ धेरै अपेक्षा गर्नाले चलचित्र नराम्रो लागेको हुनसक्ने उनले अनुमान गरे। ‘स्वतन्त्र पत्रकारले गरेको टिप्पणीसँग मेरो गुनासो छैन’ उनले भने।
‘लुट’ चलचित्रका निर्देशक निश्चल बस्नेतले स्क्रिप्टमा लेखिएको कुरा निर्देशकले बुझाउन नसकेको अन्दाज गरे। ‘लुट’ चलचित्रको सोच दिएर दर्शकलाई धेरै अपेक्षा गर्न ‘छड्के’ले बाध्य पारेको बताए। ‘चलचित्र नराम्रो होइन, बरु दर्शकलाई बुझाउन नसक्दा चुक्यो,’ उनले भने।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.