याङ्सुलाइ ‘मनको छाता’ ओढाउदै कृशल (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : नेपाल आइडलमा भाग लिएर उत्कृस्ट दस सम्म पुग्न सफल कृशल कंडेलको अभिनय रहेको पहिलो गीत भिडियो सार्वजनिक गरिएको छ। एरिक गिरीको शब्द, संगीत तथा स्वरमा रहेको मनको छाता बोलको गीतमा क्रिसलले अभिनय गरेका हुन् । उनी स्वयम् राम्रो गीत गाउने प्रतिभा भएता पनि उनीले म्युजिक भिडियो मार्फत अभिनयको सुरुवात गरेका छन् ।

उनको अभिनयको सुरुवात गराउने निर्देशक भद्रगोलका काकु अर्थात दिपक आचार्य रहेका छन् । कृशलले चलचित्रमा अभिनय गर्ने खबर केही समय अगाडि बाहिरिएको थियो। तर उनले आफ्नो अभिनय यात्राको सुरुवात म्युजिक भिडियोबाट गरेका छन् । कृशललाई भिडियोमा याङ्सुले साथ दिएकी छन् । सागर मगर र पूजा राईको कोरियोग्राफी रहेको गीतमा बुद्ध थापाको छायांकन रहेको छ । भिडियोलाइ चन्दन दत्तले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.