मनोजराज र अन्जुको गजल ‘सम्झे पनि तिम्रो याद’ सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौं: गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोजराज शिवाकोटीको स्वरमा ‘सम्झे पनि तिम्रो याद…’ बोलको नयाँ गजल सार्वजनिक गरिएको छ। गजलकार सुरेश वाग्लेको एकल एल्वम ’तिमी साथ भएपछि’ मा समावेस सार्वजनिक गजलमा गजलकार वाग्लेको शब्द तथा मनोजराजकै संगीत सुन्न सकिन्छ।

निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा अभिनेत्री प्रियंका कार्की, मोडल अनिल थापा र गजलकार वाग्ले स्वयंको अभिनय देख्न सकिन्छ। उत्तम हुमागाईंले छायांकन गरेको भिडियो लाइ विकास धमलाले सम्पादन गरेका हुन् ।सार्वजनिक गीतलाई सचिन सिंहले एरेन्ज गरेका हुन्। डिभोर्सपछि पहिलो पटक अन्जु पन्त र मनोजराजले यसै गीतमार्फत् साङ्गीतिक सहकार्य सुरु गरेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.