जात्राको कथा चलचित्र ‘रे’ छायांकन अन्तिम चरणमा


सेलिब्रेटी नेपाल

काठमाडौँ: दिनेश पौडेलको निर्देशनमा बनि रहेको चलचित्र ‘रे’ को धमाधम छायांकन भइरहेको छ । नेपाली चलचित्रहरु को अत्यधिक छायांकन हुने स्थान काठमाडौँको चोभारमा फाईटको छायांकन भईरहेको छ ।

द्वन्द निर्देशक द्वय कुमार श्रेष्ठ र शंकर महर्जनले निर्देशन गरि रहेका छन भने सुनिल थापा ,दिबस धिताल ,सुजता थापा ,क्रान्ति बराइलीले अभिनय गरि रहेका छन। काठमाडौँ उपत्यका भित्र हुने चर्चित ३ जात्राहरु ललितपुरको मछेन्द्र नारायण जात्रा, काठमाडौँ को इन्द्र जात्रा र भक्तपुरको बिस्केट जात्रा को वरिपरी यो चलचित्र को कथा घुम्ने बताइएको छ ।

सगुन फिल्म्सको ब्यानरमा निर्माण भई रहेको चलचित्रको निर्माता राजेन्द्र त्रीपाठी हुन् । चलचित्र आगामी बर्षको तीजमा प्रदर्शनमा ल्याउने निर्माण पक्षको योजना रहेको छ। चलचित्रमा सुनिल थापा ,दिबस धिताल ,सुजता थापा ,क्रान्ति बराइली,अभि जोशी ,रक्षा गुरागाई ,पुर्णिमा लामा ,बाल कलाकार शुशील थापा, सुरभ पराजुली, पुजा भट्टराई, जेबिका गौतम र अतिथि भूमिकामा किशोर खतिवडाले अभिनय गरि रहेका छन ।

Copyright © 2012 - 2026 | All Right Reserved.