शारीरिक रुपमा अशक्त हरुको वास्तविक कथा ‘जिउन गार्हो’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायिका गंगा छन्त्यालको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ‘जिउन गार्हो’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको हो । शारीरिक रुपमा अशक्त हरुको वास्तविक कथामा आधारित गीतको भिडियोलाइ प्रभावनले निर्देशन गरेका हुन् । गायिका गंगाको नै शब्द तथा संगीत रहेको गीतको भिडियोलाइ अमन बडूले छायांकन गरेका हुन् भने बिबेक सुनारले सम्पादन गरेका छन्। डि.ए.आर मुभिजको निर्माणमा बनेको भिडियोमा आशा खड्का,रमा थपलिया,उत्तम केसी,जीवन बडू,नारायण दंगालको अभिनय रहेको छ ।