केहि महिना अघि बिहे गरेर भाइरल बनेका बखत बने पागल प्रेमी (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक सुरज मानन्धरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘फाटेको मन’ बोलको गीतमा निशा लामाको शब्द तथा चन्दन कुमार श्रेष्ठको संगीत रहेको छ । भिडियोलाइ टंक केसीले छायांकन गरेका हुन् । मदन खड्काले निर्देशन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोमा सोमिया सामत,एकराज शिवाकोटी र बखत विस्टलाइ फिचर्ड गरिएको छ । केहि महिना अघि बिबाह गरेर भाइरल बनेका बखत विस्ट भिडियोमा पागल प्रेमी बनेका छन् । सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियोलाइ सेलिब्रेटी नेपालको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।