उत्तमको कौडागीत ‘सानान्नी’ मा आरुषी मगरको कौडा नृत्य


सेलिब्रेटी नेपाल

काठमाडौँ: युवा गायक तथा संगीतकार उत्तम थापा मगर र गायिका कुशु गुरुङले ‘सानान्नी’ बोलको कौडा गीतकाे रमाइलो भिडियाे सार्वजनिक गरेका छन । उत्तमकै शब्द संगीतमा रहेकाे उक्त गीतलाइ दुर्गा गुरुङले एरेन्ज गरेका छन ।

फरक फरक शैलीका गीत गाउन सिपालु उत्तमले यसपाली गण्डकी प्रदेशको लोकप्रिय भाका कौडागीतमा आफ्नो क्रियसन प्रस्तुत गरेका हुन् । अभिज बज्राचार्यको क्यामेरा सुप्रिम पराजुलीको सम्पादन रहेको ‘सानान्नी’ को म्युजिक भिडियोलाई चित्र मगरले निर्देशन गरेका हुन आरुषी मगर र उत्तम थापामगरको अभिनय रहेको भिडियोमा बिशेषगरी कौडा नृत्यलाइ देखाउन खोजिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.