रामकृष्ण ढकालको स्वर र अभिनयमा ‘मै हु ढाका टोपी’ सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: १ जनवरी अर्थात अंग्रेजी नयाँ वर्षको पहिलो दिन छैठौं अन्तरास्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ मनाउँदै छ । यसै दिनलाई मध्यनजर गर्दै गीतकार ज्ञानु राजबंशीले ‘मै हु ढाका टोपी’ गीत सार्वजनिक गरेका छन। नेपाली सुगम संगीतका बरिष्ठ गायक रामकृष्ण ढकालको स्वर र सुनिल मास्केको संगीत रहेको गीतमा अमुल कार्की ढलीको एरेन्जमेन्ट रहेको छ। गीतकार राजबंशीको ‘मेरो प्यारो नेपाल’गीती एल्बममा समाबेश गीत ‘मै हु ढाका टोपी’ को म्युजिक भिडियोमा गायक रामकृष्ण ढकालले नै अभिनय गरेका छन। उत्सव दाहालको क्यामेरा , बिकाश दाहालको सम्पादन र युवराज वाइबाको निर्देशनमा बनेको भिडियोलाई ए वान इन्टरटेन्टमेन्ट मार्फत सार्बजनिक गरिएको हो ।

बि.स.२०२८ सालमा बिर्तामोड नगरपालिका २ चारपाने, झापामा जन्मिएका गीतकार ज्ञानु राजबंशीको यस ‘मेरो प्यारो नेपाल’ भन्दा अगाडी राजबंशी भाषामा बिस २०७१ र २०७४ मा क्रमश: ‘प्रेमेर बाउधिया’ र ‘साली टर मुइ रसिया ‘ गरी दुइ वटा गीति एल्बम आइसकेका छन भने उनले स्थानीय राजबंशी चलचित्र ‘बागनेर फुल’मा अभिनय समेत गरिसकेका छन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.