ठेलाको मःम बेच्दै गायक बनेका कपिलको पहिलो गीत सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: ठेलामा मः म बेच्दै गायक बनेका कपिलपौडेलको पहिलो गीतसाला काठमाण्डौँ सार्वजनिक गरिएको छ। गायकबन्ने सपना बोकेर काठमाण्डौँ आएका कपिल लामो समय देखि बानेश्वर चोकमा ठेलामा मःम बेच्दै आएकाथिए। उनको गायकी क्षमताको युट्युवमाचर्चा भए पछि उनी एकाएक चर्चित भएकाथिए। । निरज भट्टको शब्दमा रहेको गीतमा कपिलकै संगित रहेको छ।

काठमाण्डौँमा सपनाबोकेर आउने युवा र उनले काठमाण्डौँमा पाउने असफलता र दुखबोल्ने गीतमाअभिनेता शिशिर भण्डारीको अभिनय रहेको छ। काठमाण्डौँमा पाएको असफलतामा निरासाव्यक्तगर्न ‘साला काठमाण्डौँमा’भन्ने शब्द राखिएको कपिलको भनाई रहेको छ। सन्तोष खनाल ‘फिल्मीकिरो’को निर्देशनमा बनेको भिडियोमा वाइपि घिमिरेको छायांकन रहेको छ। भिडियोलाई सन्जिप श्रेष्ठलेसम्पादन गरेकाहुन्।

Copyright © 2012 - 2026 | All Right Reserved.