भ्रष्टाचार बिरुद्दको कथा ‘सयकडा दश’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: राजाराम पौडेल कार्यकारी निर्माता रहेको चलचित्र ‘सयकडा दश’ को ट्रेलर सार्बजनिक गरिएको छ । आइतबार राजधानी काठमाडौँमा एक कार्यक्रमा गर्दै ट्रेलर सार्वजनिक गरियो । चलचित्रमा राजाराम भ्रष्टाचारी अधिकृतको भूमिकामा देखिएका छन् ।

निर्देशक रामशरण पाठकले निर्देशन गरेको चलचित्रको सार्वजनिक ट्रेलरमा प्रेम र भ्रष्टचारको कथा देखाईएको छ । चलचित्रको ट्रेलरमा भ्रष्टचारले गर्दा दुई प्रेमीको प्रेममा परेको असरलाई देखाईएको छ । यस्तै भ्रष्टचार गर्दा समाजमा पर्न जाने असर र भ्रष्टचारीले भोग्नु परेको सामाजिक तिरस्कारलाई चलचित्र मार्फत देखाउन खोजिएको छ । चलचित्रलाई स्वयम पाठकले लेखेका हुन् ।

चलचित्रमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई, अमित पोखरेल, रवि डंगोल, रस्मी भट्टको मुख्य भूमिका रहेको छ । दर्शन नेपाल क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रलाई रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय र सञ्जीव न्यौपानेले निर्माण गरेका हुन् । चलचित्र माघ १८ गते बाट प्रदर्शनमा आउने छ ।