मौसमीको समयमा चलचित्र विकास बोर्डको अंकुस



(सेलीब्रेटी नेपाल) १४ फागुन- धेरै पटकको रिलिज डेट सर्दै सर्दै फागुन १८ गते बाट चलचित्र समयको देशव्यापी रिलिज गरिने समय आउन लाग्यो भनेर प्रचारमा जुटेकी अभिनेत्री तथा निर्माता मौसमी मल्ल यतीबेला तनाबमा छिन्। समय लाई सेन्सर बोर्डले प्रमाण पत्र नदिएपछि उनी तनावमा परेकी हुन्। यतीबेला आफु सेन्सर बोर्डको जाल झेलमा परेको उनले गुनासो गरेकी छिन्। सेन्सर बोर्डका केही सदस्यहरुले मेरो चलचित्रलाई फेरी पनि रिलिज हुन नदिने षड्यन्त्र गरिरहेका छन्।’ मल्लले आईतबार सञ्चारकर्मी संग भनिन्,’सेन्सर बोर्डले भने झैं मैले सिनेमाको एउटा चुम्बन दृष्य र एउटा बेड सिनलाई चार/चार सेकेन्डमा झारेर ल्याए। तर आईतबार भने अस्लिल भयो भनेर फेरी सेन्सर गर्न मानेनन ।बोर्डले भनेको सबै दृष्य हटाऊदा पनि यु (युनिभर्सल) को सट्टा ए (एडल्ट – जुन बयस्कले मात्र हेर्न पाउछन्) प्रमाणपत्र दिने कुरा गरेपछि मौसमी बोर्ड बाट बाहिरिन। चलचित्र समयको निर्माण मौसमी मल्ल र सन्देश श्रेष्ठले गरेका हुन् । मौसमी मल्ल, राजेश हमाल,बिक्की मल्ल र सुरबी बिष्ट चलचित्रमा मुख्य कलाकार हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.