राज सिग्देलको ‘अमृत’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : नेपाली सुगम संगीतका गायक तथा गजलकार राज सिग्देलको नयाँ गीत ‘अमृत’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। हरि बस्ताकोटीको शब्द र हरि लम्सालको संगीत रहेको गीतको भिडियोमा राज आफैले अभिनय गरेका छन भने उनलाई अभिनयमा अन्जु चौलागाईले साथ दिएकी छिन। उत्सव दाहालले खिचेको भिडियोलाइ बिकास दाहालले सम्पादन गरेका हुन्। युवराज वाइबाको निर्देशन रहेको भिडियोमा मायामा धोका भएपछिको अवस्थालाई देखाउन खोजिएको छ । करिब ५ बर्ष अघिको धेरैको मनमा बस्न सफल गजल ‘उ हारेर गइ वा जितेर गइ ‘ पछि उनका ‘च्वास्स बिझ्ने तिम्रो माया मार्दिम मार्दिम लाग्छ’ लगायत थुप्रै गजलहरु सफल छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.