विरताको कथा ‘रुमालै छ चिनो’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : कुनै बेलाको चर्चित गीत ‘रुमालै छ चिनो’को बाट नाम राखिएको चलचित्र ‘रुमालै छ चिनो’ अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्र सुशान्त कार्की अप्सना थापा, किशोर खतिवडा, संचिता लुइँटेल, सुरबीर पण्डित, रश्मी भट्ट, मिथिला शर्मा, लक्ष्मण बिक्रम बस्नेत सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारलाई स्थान दिइएको छ ।

गीतकार रेशम थापाले निर्माण गरेको चलचित्रलाई दिनेश सिंह ठकुरीले निर्देशन गरेका हुन् । चलचित्रले गोर्खाली सैनिकको विरताको कथा बोल्छ। ज्योती फिल्मस्को ब्यानरमा बनेको चलचित्रका निर्माता चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम पाण्डे हुन् । चलचित्रलाइ बिनोद सापकोटाले छायांकन गरेका हुन् भने शिब थारुको सम्पादन रहेको छ । चलचित्र फागुन १० गतेबाट प्रदर्शनमा आउनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.