‘तिमीलाई माया गर्छु..’ भन्दै अभिनयमा गायिका अन्जु पन्त (भिडियो)



सेलिब्रेटी नेपाल




काठमाडौँ: गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिमीलाई माया गर्छु..’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। शुक्रबार नेपाल पुलिस क्लवमा आयोजित एक कार्यक्रमका बिच उक्त गीत सार्वजनिक गरिएको हो। टेक तामाङको शब्द तथा अजुर्न पोखरेलको संगीत रहेको गीतको भिडियोमा गायिका अन्जु पन्त आफै‌ं फिचर भएकी छन्।

सार्वजनिक भिडियोमा शान थापाको निर्देशन, राजिभ समरको कोरियोग्राफी तथा अनिल के. मानन्धरको छायांकन रहेको छ। भिडियोलाई अन्जु पन्तको अफिसियल युट्युव च्यानलमार्फत सार्बजनिक गरिएको हो।

Copyright © 2012 - 2026 | All Right Reserved.