नेपाल आइडल निर्देशकको ‘आंखाका जोर’ सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ : रिमा गुरुङ्ग होडाको आवाजमा ‘आंखाका जोर’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्बजनिक गीतमा संगीत प्रकाश गुरुङ्गको रहेको छ । राजेन्द्र थापाको शब्द रहेको गीतको निर्माण ४० बर्ष अगाडी नै एउटा भिडियो चलचित्रको लागी गरिएको भए पनि चलचित्र प्रदर्शनमा नआएको कारण गीत पनि सार्वजनिक हुन पाएको थिएन ।

कहिल्यै कसैलाई पनि आफ्नो संगीतमा रहेको गीत गाउनको लागी आग्रह नगर्ने प्रकाश गरुङ्गले छोरी रिमासंग यो गीत गाउन भने पछि गीतले मुर्त रुप पाएको हो । सचिन सिंहको संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन तथा सम्पादन नेपाल आइडलका निर्देशक समेत रहेका लोकेश बज्राचार्यले गरेका हुन । हरि हुमागाईंको छायांकन रहेको भिडियोको सहायक निर्देशक रबिन श्रेष्ठ हुन भने निशिला शाक्यको कोरियोग्राफिमा साक्षी लम्साललाइ फिचर्ड गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.