मेलिनाको ‘तिम्ले बाटो फेर्‍यौ अरे २’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : गायिका मेलिना राईको स्वरमा रहेको ‘तिम्ले बाटो फेर्‍यौ अरे’ एकदमै हिट गीत मानिन्छ। यसै गीतबाट मेलिनाको लोकप्रियता निकै चुलिएको थियो। यस गीतलाई युट्युबमा एक करोड २३ लाख बढी पटक हेरिएको छ। ‘तिम्ले बाटो फेर्‍यौ अरे’को सफलतासँगै अहिले यस टीमले ‘तिम्ले बाटो फेर्‍यौ अरे २’ सार्वजनिक गरेको छ। यस गीतमा पनि मेलिना राईले स्वर दिएकी छिन्। दर्पण राईको शब्द समावेश यस गीतमा विक्रम राईको संगीत सुन्न सकिन्छ।

शान थापाको निर्देशनमा तयार भएको ‘तिम्ले बाटो फेर्‍यौ अरे २’को भिडियोमा मेलिना राई आफैँ फिचर छिन्। अनिल के मानन्धरले खिचेको भिडियोमा राजिव समरको करिओग्राफी तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.