गुन्जनको गीतमा बियोगान्त प्रेम (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : अमेरीकामा बस्दै आएकि गुन्जन उपाध्यायलाइ गायनमा खुबै रुचि छ । सानै देखि सांगीतिक माहोलमा रमाउदै आएकि गुन्जनले बाल्यकालमा धेरै गीत , भजन गाइन र केहि गीत रेकर्ड पनि गरिन् । उनले भर्खरै ‘माया कस्तो लाएँ’ बोलको गीतको भिडियो सार्वजनिक गरेकि छिन् । रेकर्डिङ देखि म्यूजिक भिडियो छायांकन र सम्पादन सबै अमेरीकामा नै गरिएको यो गीतलाइ गुन्जनका पिता तुंग नेपालले लेखेका हुन् भने संगीत पनि उनकै हो ।

नेपालमा रहँदा बिभिन्न बिधालयमा संगीत गुरु भएर काम गरिसकेका नेपालले अमेरीकामा पनि नेपाली गीत संगीत , सस्कृति जोगाउन र अहिलेको पुस्तालाइ नेपाली गीत संगीत , वाद्यवादनको संयोजन र प्रशिक्षण गराइरहेका छन् । नेपाल आफैमा गीतकार सगीतकार तथा गायक पनि हुन् । सार्वजनिक यो गीतको एरेन्ज भद्रेश्वर बर्मनले गरेका छन् । सार्वजनिक यस भिडियोमा रिता याम्फू र जिन जेङ्ग को अभिनय रहेको छ । भिडियोलाइ मन्जिल श्रेष्ठले छायांकन सम्पादन र निर्देशन गरेका हुन् । भिडियोको कन्सेप्ट तथा कथा अन्तरा उपाध्यायको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.