गायक प्रमोद खरेल घाइते



‘मेरो दिल छ पोखरामा..’ बोलको गीतले निकै चर्चा कमाएका गायक प्रमोद खरेल शुक्रबार कार दुर्घटनामा परि घाइते भएका छन्। उनी शुक्रबार राति पोखरा वागलुङ/पर्वतको साङगीतिक कार्यक्रममा सहभागी भएर आउदै गर्दा पोखरा नजिक दुर्घटनामा परी घाइते भएका हुन।
उनी चढेको गाडी विजुलीको पोलमा ठोकिएर सडकबाट तल खसेर घरमा ठोकिएको थियो। दुर्घटनामा परि खरेलको टाउकोमा र कुममा चोट लागेको छ। उनले आफ्नो फेसबुक स्टाटसमा भनेका छन्, ‘ हिजो (शुक्रबार) कन्सर्टबाट फर्किदा मेरो कार एक्सिडेन्ड भयो पोखरा नजिक, गाडी देख्नेले अनुमान गर्न सक्दैनन.. कसरी बाचिन्छ यस्तो एक्सिडेन्टमा.. ;सपना जस्तो लाग्छ.. भगवान र मलाईमाया गर्ने सबैको आशिर्वादले केही भएन.. अहिले अस्पतालमा छु।) उनी थप उपचारका लागि काठमाडौं आउदैछन्।
singer pramod kharel accident