‘सुश्री सम्पति’ पोस्टरमा यस्तो देखियो


सेलिब्रेटी नेपाल
काठमाडौँ : रङ्ग पत्रकार सुव्रतराज आचार्यले निर्देशन गरेको चलचित्र ‘सुश्री सम्पति’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका तिन पात्र सलोन बस्नेत , सारा सिर्पाली र बिनोद न्यौपानेलाई फिचर्ड गरिएको छ । यीनै मुख्य तिन पात्रकै वरिपरी चलचित्रको कथा घुमेको भएकोले पोस्टरपनि यिनिहरुमै फोकस छ ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । पोष्ट प्रोडक्सनमा रहेको चलचित्रको ट्रेलर एक साता भित्र नै रिलिज हुने निर्माण पक्षले जनाएको छ । सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपानेका अलावा राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठाकुर लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ भने प्रियंका कार्की चलचित्रमा विशेष भूमिकामा छिन् ।

चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद रहेको चलचित्रको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । चलचित्रमा सुरेश अधिकारीको संगीत, कविराज गहतराज र गम्भिर बिष्टको कोरियोग्राफी, शिवराम थापा र अर्जुन तिवारीको छायाँकन, भरत रेग्मीको सम्पादन रहेको छ । चलचित्रलाई उपत्यकामा बिके फिल्मस्का गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।
चलचित्र मंसिर २८ गतेबाट प्रदर्शन हुँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.