अन्तराष्ट्रिय सम्मेलन तथा साँस्कृतिक कार्यक्रममा मह देखि अन्तररास्ट्रिय कलाकारको सहभागिता


सेलिब्रेटी नेपाल
काठमाडौँ :
‘कला र संस्कृतिमा सबैको पहुँच’ भन्ने मूल भावनाका साथ स्थापित एसिसि.ए.सि. नेपाल संस्थाको आयोजनामा अन्तराष्ट्रिय सम्मेलन तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । यहि मंसिर २५ गतेदेखि २८ गतेसम्म (11th to 14th december) होटल याक एण्ड यति दरबार मार्ग काठमाँडौमा हुने उक्त अन्तराष्ट्रिय सम्मेलनको मूल उद्देश्य नेपालको कला संस्कृतीलाई अन्तराष्ट्रियकरण गर्ने र कार्यक्रममा सहभागी राष्ट्रहरुको कला र संस्कृतीलाई आदान प्रदान गर्दै सबैमा कला संस्कृतीको पहुँच पुर्याउनमा सहयोग गर्ने रहेको छ ।

नेपालको पर्यटन प्रबद्र्धनका लागि नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० लाई यस सम्मेलनले सहयोग पुग्नेछ । यस कार्यक्रममा नेपाल, फिनल्याण्ड, इजिप्ट, मोरक्को, कोरिया, बेल्जीयम, जर्मनी, सिँगापुर, स्विडेन, स्विटजरल्याण्ड लगायतका देशहरुबाट बिभिन्न संघसंस्था साथै विशिष्ट व्यक्तित्व,कलाकार तथा प्रतिनिधिहरुको सहभागिता रहनेछ भने अन्तराष्ट्रिय संघसंस्थाहरुमा 1Art 3 international, Singapure 2) Sandong international 3)Joy togethte Korea and Federation Disability cultures and Arts Association Korea 4) ACCAC Globel 5)ACCAC Globel growth center अन्तर्गत ACCAC Finland – ACCAC Korea – ACCAC Egypt -ACCAC Maorocco – ACCAC Nepal बाट सहभागीता रहनेछ ।

सम्मेलनमा राष्ट्रिय कलाकारहरु महजोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायत ख्यातिप्राप्त राष्ट्रिय कलाकारको सहभागीता रहनेछ । साथै अन्तराष्ट्रिय कलाकारहरु समेत कोरियाबाट Choi Seung Won, इजिप्टबाट Ramy Gheit, फिनल्याण्डबाट Petri लगायतका बहुचर्चित अन्तराष्ट्रिय कलाकारहरुको सहभागितामा बिशेष झाँकी तथा प्रस्तुतीहरु हुने देखाइने छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार तथा व्यक्तित्वहरुलाई समारोहमा सम्मान पनि गरिने छ । यस संस्थाले अहिलेसम्म बिभिन्न देशमा पुगेर नेपालको बिभिन्न कला संस्कृतिलाई प्रस्तुत समेत गरिसकेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.