अमेरिकामा छक्का पन्जा ३ ले बनायो नयाँ रेकर्ड


सेलिब्रेटी नेपाल

यति बेला नेपाली सिने नगरीमा चलचित्र ‘छक्का पन्जा ३’ ले एक पछि अर्को रेकर्ड बनाई रहेको छ। देश भित्र मात्र नभई विदेशमा पनि चलचित्र ‘छक्का पन्जा ३’ को माग बढेको छ । नेपाली चलचित्रको सबै भन्दा ठुलो बिदेशी बजार भनेर चिनिएको संयुक्त राज्य अमेरिकामा ‘छक्का पन्जा ३’ ले अपेक्षा गरे भन्दा बढीको व्यापार गरिरहेको छ। अमेरिकामा यस अघि रिलिज भएका ‘छक्का पन्जा’, ‘छक्का पन्जा-२’ र ‘लूट २’ को ३ हप्ता सम्म चलेको रेकर्ड रहेको थियो भने अब यो रेकर्डलाई छक्का पन्जा ३ ले तोडिदिएको छ ।

नेपालीहरुको बाक्लो बसोबास हुदै गरेको अमेरिकाको डालस टेक्सासमा अहिले ‘छक्का पन्जा ३’ ले बिदेशी भुमिमा लगातार १ महिना चल्ने पहिलो नेपाली चलचित्र बनी नयाँ रेकर्ड बनाएको छ । चलचित्रले हाल सम्म डालसमा मात्रै ६४ शो को सफल प्रदर्शन गरिसकेको छ भने अझै प्रदर्शन भइ रहेको जानकारी डालसका लागी अधिकारिक वितरक नेप्सिने र प्लानेट थ्री फिल्मस् ले जनाएको छ । डालसका लागी अधिकारक वितरक एबम गत वर्ष ग्लोबल नेपाली फिल्म अवार्डमा उत्कृष्ट डाइसपोरा वितरकको अवार्ड हात पार्न सफल कम्पनि नेप्सिनेका सीइओ रायन रेज भन्छन ”चलचित्र ‘छक्का पन्जा ३’ को सफलता ले हामी नेपाली चलचित्र प्रदर्शकलाई नयाँ हौशला मिलेको छ र निकट भबिष्यमा यसले नेपाली चलचित्रको बिदेशी बजारमा दिर्घकालिन प्रभाव पार्ने छ।”

यो रेकर्ड संगै अब भने नेपाली चलचित्रले देश भित्र मात्र नभई बिदेशी भुमिमा समेत प्रभाव बढाएको छ । दिपाश्री निरौला द्वारा निर्देशित चलचित्र ‘छक्का पन्जा ३’ मा दिपक राज गिरी, केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, निर शाह, बुद्दि तामाङ्ग लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई अमेरिकामा फ्युजन इन्टरनेशनल, प्लानेट थ्री फिल्मस् र कोशेली इभेन्ट्स म्यानेजमेन्ट कम्पनिले अधिकारिक रुपमा बितरण गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.