झुर फिल्मको ट्याग पाएको ‘ठग्स अफ हिन्दुस्तान’ ले दुइ दिनमा कति कमायो ?


सेलिब्रेटी नेपाल

एजेन्सी : बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ले बक्स अफिसको पहिलो दिन सानदार कमाइ गरेको थियो । पहिलो दिनमा नै ५२.२५ करोड (भारु) कमाउन सफल यस फिल्मले दोस्रो दिन भने २९ करोडको कलेक्सन गर्यो ।

फिल्मको रिभ्यु नराम्रो आएपछि फिल्मको कलेक्शनमा पनि यसले ठुलो असर पारेको छ । पहिलो पटक बलिउडका दुई स्टार अभिनेता अमिताभ बच्चन र आमिर खानले अभिनय गरेको यस फिल्मलाई समिक्षक तथा फ्यानहरुले हालसम्मकै झुर फिल्म भएको बताएपछि यसको सोझो असर कलेक्शनमा परेको हो ।

दुई दिनको कलेक्शन राम्रो देखिएतापनि फिल्मले लगानी गरेको रकम उठाउनेमा धेरैको शंका रहेको छ । कम लगानीमा बनेका फिल्महरुले राम्रो कारोबार गरिरहेको अवस्थामा ठुलो बजेटको यस फिल्मलाई भने ठुलै झट्का लाग्नसक्ने फिल्म समिक्षकहरुले बताएका छन् । हालसम्म यस फिल्मले ८१ करोडभन्दा माथिको कलेक्शन गरेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.