निखिल उप्रेतीको ‘भिलेन’ पौष २७ गते आउने


सेलिब्रेटी नेपाल काठमाडौँ

माघे संक्रान्तिको छेको पारेर पौष २७ गतेलाई प्रर्दशन मिती तोक्दैे चलचित्र ‘भिलेन’ ले दुई पोस्टर सार्बजनिक गरेको छ । सार्बजनिक गरिएका दुई पोस्टरमा अभिनेता निखिल उप्रेतीलाई मात्रै देखाईएको छ ।

द ग्लोबल पिक्चर्स प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको चलचित्र ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन भने चलचित्रमा दिपक श्रेष्ठ,सुरज खड्का र मधु केसी कार्यकारी निर्माता सँगै राजकुमार श्रेष्ठ सह निर्माताको रुपमा रहेका छन् । निखिल उप्रेती,शिल्पा पोख्रेल,निशा अधिकारी र कपिल खत्रीको मुख्य भुमिका रहेको चलचित्रलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।

चलचित्रमा मौनता श्रेष्ठको लेखन,सौरभ लामा,मदन कस्यप घिमिरेको छायांकन,मिलन श्रेष्ठ शाहिल खानको सम्पादन,बसन्त सापकोटा,बाबु गिरि,लालकुमार बरालको संगीत,सुक्रराज शाहको द्धन्द,दिपेन्द्र तिमल्सिना, दिपक श्रेष्ठको कोरीयोग्राफी रहेको छ, भने यो चलचित्रलाई श्रीराम बालाजी फिलिम्सको तर्फबाट सुनिल मानन्धरले बितरण गर्दैछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.