प्रताप दास ‘पिलाई दियौ’ भन्दै कसलाई भन्दैछन् (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

रियालिटी शो नेपाल आईडलका दोश्रो रनरअप प्रताप दासको स्वरमा रहेको ‘पिलाई दियौ’ बोलको गीत सार्बजनिक गरिएको छ । सार्बजनिक भिडियोमा रन्जित कुमार पौडेल र मुस्कान फिचर्ड छन् । राम कृष्ण महराको शब्द रहेको गीतमा भीम बीसीले संगीत दिएका छन् । अमृत सुनुवारले निर्देशन गरेको यो भिडियोमा राज केसीको कोरियोग्राफी रहेको छ ।

काठमाडौँको नजिक रहेको निकै मनोरम फर्पिंगको आकर्षण लोकेशनमा गीतको म्युजिक भिडियो छायांकन गरि तयार गरिएको छ । यस गीतको भिडियोलाई अभेश बज्राचार्यले खिचेका हुन् भने माधब बेल्बासेले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.