पारिवारिक कथा ‘डियर जिन्दगी’ तेस्रो भाग सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिशृङ्खला ‘डियर जिन्दगी’ को तेस्रो भाग सार्वजनिक गरिएको छ। पारिवारिक कथा व्यथा समेटिएको यस टेलिशृङ्खला हरेक बुधबार साँझ ७ बजे नेपाल टेलिभिजनमार्फत प्रशारण हुनेछ भने पिएनपि मिडियाको अफिसियल युट्युब च्यानलमार्फत प्रसारण पछि हेर्न सकिनेछ।

पिएनपि मिडियाले ‘डियर जिन्दगी’को शृङ्खला हरेक शुक्रबार सार्वजनिक गर्ने गर्दछ। उक्त सिरियलमा जनकदीप पराजुलीको निर्देशन रहेको छ भने सिरियलका निर्माता रामकृष्ण बीसी हुन्। कि इन्टरटेन्मेन्टको प्रस्तुति र पिएनपी मिडियाको सहकार्यमा निर्माण भइरहेको सिरियलमा बसन्त पोखरेलको लेखन र सहनिर्देशन रहेको छ। सिरियलका कार्यकारी निर्माताका रुपमा युवराज खत्री रहेका छन् । त्यस्तै सञ्चारकर्मी रघुनाथ सापकोटा सहनिर्माता हुन्।

सुनील थापालाई फिचर्ड गरिएको सिरियलमा श्रेया कार्की, सुष्मा कार्की, सुवास पराजुली, पुस्करजंग थापा, अर्जुन गौतम, वसन्त पोखरेल, एलिना गौतम निशा घिमिरे,डि.बि.बम्जन लगायतका कलाकारहरूको अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.