निरौलाको तिहार गीत देउसी भैलो सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

अस्ट्रेलियालाई कर्मभूमि रोजेका प्राज्ञिक क्षेत्रमा व्यस्त डा. राम कृष्ण निरौलाले आफ्नो संगित साधनाको अर्को उपहार लिएर आएका छन्। जब चाड-बाड नजिकिन्छ घर देखि पर पुगेकाहरु लाई घर को सम्झनाले सताऊँछ, परिस्थितिबस कतिलाई चाड पर्ब परिवार संगै मनाउने संयोग जुर्दैन तै पनि मन भने घर परिवार संगै हुन्छ। चाडपर्बको सेरोफेरोमा ठ्याक्कै उतैको शब्द र सम्झनाहरु टपक्क टिपेर डा. निरौलाले तिहार गीत “लौ फेरी आयो तिहार” म्युजिक भिडियो सहित हालै सार्बजनिक गरेका छन्।

सार्बजनिक गीतमा स्वर र संगीत डा. निरौलाकै हो भने शब्द रेणुका देवी निरौलाको हो आरसी थापाको निर्देशनमा म्युजिक भिडियो तयार भएको हो। अष्ट्रेलियामा नै बसोबास गर्ने ठुलो संख्याका सहृदयीहरु को सामुहिक अभिनय रहेको यस गीतको म्युजिक भिडियोमा नेपाल कै झल्को आउने बिबिध दृश्यहरु देख्न सकिन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.