एलिसाको ‘आँखामा गाजल’ लगाउदै आकाश (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

मोडेल एलिसा राइ अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नव गायिका शर्मिला राइको स्वरमा रहेको ‘आँखामा गाजल’ मा चर्चित युवा गीतकार डी पी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । ” भिडियोमा एलिसालाइ आकाश राइले साथ दिएका छन । धेरै समयपछि पुन भिडियो निर्देशनमा फर्किएका गायक विजय रुम्बाले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र शिलन लम्सालको सम्पादन रहेको छ। भिडियोमा गीतको मर्मअनुसारनै बिशेष गरी किशोर अवस्थामा रहेकी युवतीले आफ्नो मनमा लागेका भावनालाई सम्झिएर गरिएको प्रस्तुति देखाइएको निर्देशक रुम्बाले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.