प्रशन्नाको जुनी जुनीमा रिमा र कुमारको रोमान्स (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका प्रशन्ना पाण्डेको नयाँ भिडियो सार्बजनिक गरिएको छ । नेपाली गजल गायनमा स्थापित बरिष्ठ गायक आनन्द कार्की सँगको युगल गायनमा उनी प्रस्तुत भएकी हुन् ।

आधुनिक, पप र ट्राभल गरी दर्जनौ गीतमा आफ्नो स्वरको जादु देखाइ सकेकी गायिका पाण्डे लाखौँ दर्सक स्रोताको मनमा बस्न सफल छन् । उनले दसैंको अवसरमा ‘फूल मा देख्छु तिमि नै, जुन मा देख्छु तिमि नै’ बोलको गीत कोशेली ल्याएकी हुन् ।

गोबिन्द प्रसाद उपाध्यायको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा संगीत संयोजन भने देबेन्द्र नेवा ले गरेका छन् । म्युजिक भिडियोमा नयाँ मोडल कुमार रेग्मीलाई अभिनयमा मोडल रिमा बिश्वकर्माले साथ दिएकी छिन् । भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् भने भिडियो सम्पादन बिकाश धमलाले गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.