दशैंमा वर्षा र सचिन ‘पिरिम नलाउने’ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

आउदै गरेको दसैँलाई लक्षित गर्दै ‘पिरिम नलाउने’ बोलको गीत सार्वजनिक गरिएको छ । आशिष सचिन र मेलिना राइको स्वर रहेको गीतलाई दीपक शर्माले संगीत गरेका हुन् । गीतमा शब्द पनि उनकै रहेको छ । दसैँको माहोल झल्किने किसिमले तयार गरिएको गीतको भिडियोमा गायक आशिष सचिनसँगै मोडेल बर्षा राउत देखिएकी छिन । प्रेमिकाको गुनासो र प्रेमीको परिस्थितिलाई यसमा चित्रण गरिएको छ ।

आरोही एल्बममा समावेश गीतको भिडियोलाई सञ्चारकर्मी समेत रहेका सुव्रत आचार्यले निर्देशन गरेका छन् । गीतमा सुव्रतलाई कन्सेप्ट क्रिएटरको रुपमा उनकै श्रीमती जया शर्माले साथ् दिएकी छिन । उत्सव दाहालको छायाँकन रहेको छ भने यसलाई नविन निरौलाले कलर र सम्पादन गरेका छन् । गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् । गीतमा दसैँमा गाउँ फर्किएको परदेशीको मायालुसँगको भेटलाई दर्साइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.