बबिताको ‘उड्ने रहर’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

बबिता मानन्धरको ‘ उड्ने रहर’ सार्वजनिक गरिएको छ। गायिका बबिता मानन्धरको सुमधुर आवाजमा यो गीत सार्वजनिक भएको हो। नेपाली संगीतमा धेरै वर्ष देखी साधानारत गायिकाका थुप्रै गीत सार्वजनिक भैसकेका छ्न। उनलाई सबैभन्दा चिनाउने गीत आत्मामा बोलको गीत हो।

हालै सार्वजनिक भएको गीत उड्ने रहर चेलीबेटी बेचबिखनको कथामा बनेको गीत हो। गीतका शब्द किरण पल्पसाले लेख्नु भएको हो भने संगीत नरेन्द्र श्रेष्ठको रहेको छ। रियान कार्कीको निर्देशनमा गीतको म्युजिक भिडियो बनेको हो । युट्युवमा राखिएको म्युजिक भिडियोमा रक्षा, कौशल, निर्जला र जीवन जंगको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.