श्रीकृष्ण लुईंटेल ‘बोकेदारी’ को भोजपुरी गीत भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

“ए बा किन्देउ न भटभटे”, “बाँके बर्दिया”, “तेरो बाउ थोते”, “डल्लेकी बहिनी”
लगायत दर्जनौं हाँस्य विधाका चर्चित गायक श्रीकृष्ण लुईंटेल (बोकेदारी) भोजपुरी गीत “स्टाइल मारेलु” का साथ देखा परेका छन्। सामाजिक सचेतनामूलक धेरै गीतहरुमा पनि आवाज दिईसकेका गायक लुईंटेलको यो गीत भोजपुरी शैली भएपनि संदेशमुलक रहेको छ ।

पछिल्लो समय युवापुस्तामा देखिएको फेसन अनि हराउँदै गएको संस्कृतिपट्टी चोटिलो सन्देश प्रहार गरिएको गीत “स्टाइल मारेलु” मा उनकै शव्द र संगीत रहेको छ भने संगीत संयोजन डम्बर लिम्बूले गरेका छन । यसैगरी म्यूजिक भिडियोमा पनि उनी आफैं देखिएका छन भने उनलाई अनिशा ओलीलगायतका कलाकारले साथ दिएका छन । केशव रायमाझी, विपिन प्रसाइं, शोभिलाल मेचे, विशाल ढुंगाना र सविन मेचेले भिडियोमा श्रीकृष्णलाई साथ दिएका छन ।

भाइब्स क्रिएसनको युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको यस गीतमा उनको पृथक भोजपुरीआवाज नै सुन्न सकिन्छ​। श्रीकृष्ण आफैंले निर्देशन गरेको भिडियोलाई हेमन तामाङले सम्पादन गरेका छन भने कोरियोग्राफर राज सुब्बा लावती हुन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.