स्वप्न सुमनको प्रस्तुतीका साथ सुरु भो दशैं तिहार उत्सब (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

हिन्दुहरुको महान चाड बडा दशैँ तथा दिपावलीलाई लक्षीत गर्दै काठमाण्डौको कमलपोखरी स्थित सिटि सेन्टरमा “City Centre Celebrations: Dasain and Tihar Utsav, 2075” असोज १२ गते शुक्रबार देखि भव्य कार्यक्रमका साथ शुभारम्भ गरिएको छ ।

काठमाण्डौको केन्द्र कमल पोखरी अवस्थित बालक देखि युवा पुस्ता तथा वृद्द सबैको रोजाइको रुपमा रहेको सिटि सेन्टरमा विगत देखि नै बिभिन्न कार्यक्रमहरु हुदै आइरहेको छ । यसैको निरन्तरता स्वरुप नेपालीहरुको महान चाड दशैं तथा तिहार लाइ लक्षित गरि “City Centre Celebrations: Dasain and Tihar Utsav, 2075” आयोजना गरिएको हो ।

उत्सवको मुख्य आकर्षणको रुपमा “Enter the Mall & Win” रहेको छ, जस अनुसार सिटि सेन्टर प्रवेश गर्ने जो कसैले पनि एउटा उपहार कुपन प्राप्त गर्नेछन । त्यसै मध्य बाट एक जना भाग्यशाली ग्राहकले Grand Lucky Draw मार्पत Grand Prize जित्ने छन । यस अतिरिक्त हरेक दिन सांझ ३ बजे र ६ बजे पनि लकि ड्र मार्फत सिटि सेन्टरमा सपिङ गरेका ग्राहकहरुलाई पुरस्कार प्रदान गरिने छ भने ग्राहकहरुले १ घण्टाको पार्किङ निशुल्क तथा निशुल्क पेय पदार्थ पनि पाउने छन । यसका साथै सिटि सेन्टर भित्र रहेका सबै पसलहरुमा “दशै तिहार अफर” स्वरुप ५०% सम्म छुटको पनि व्यवस्था गरिएको छ ।

सिटि सेन्टरमा सपिङको लगी बाल बलिका सहित आएका ग्राहक लाई मध्यनजर गरि बाल बालिकाहरुको खेलकुद कक्षको पनि व्यवस्था गरिएको छ । जहाँ बच्चाहरुका लागी निशुल्क Trampoline/Bouncing Castle राखिनुका साथै आकर्षक Door Prizes पनि रहेका छन ।

युवा पुस्ताका लोकप्रिय गायक स्वप्न सुमनको दमदार प्रस्तुतीका साथ शुरु भएको सिटि सेन्टरको यस उत्सबमा हरेक दिन बिभिन्न ब्याण्डको प्रस्तुतीका साथै ख्यती प्राप्त गायक गायिका तथा चर्चित हाँस्य कलाकारहरुको प्रस्तुती पनि रहने जानकारी इभेन्ट एण्ड मार्केटिंग मेनेजर विभा ताम्राकारले दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.