‘ट्वान्टी फर्स्ट लब’ को ‘तिम्रो मन मा के छ’ को अफिसियल भिडियो सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

एसिएन म्युजिकको प्रोडक्सन रहेको चर्चित वेब सिरिज ‘ट्वान्टी फर्स्ट लब’ मा समाबेश गीत ‘तिम्रो मन मा के छ’ को अफिसियल भिडियो सार्बजनिक गरिएको छ। सार्बजनिक भिडियोमा सरोज अधिकारी,आश्मा बिश्वकर्मा,अनुष्का अधिकारी,संयोग गुरागाईं,विजय अधिकारी,रोशनी कार्की र निशान्त सुबेदी फिचर छन् । ज्ञानेन्द्र शर्मा र मिलन शंकरले खिचेको भिडियोलाई सुप्रिम पराजुली र अशोक मल्लले सम्पादन गरेका हुन् । इश्वर गुरुङले निर्माण गरेको भिडियोलाइ सरिन पोखरेलले निर्देशन गरेका हुन् ।

शुभ तामांङ र मेलिना राइको स्वरमा रहेको गीतमा शुभ तामांङको संगीत र दिपेन्द्र तामांङको शब्द रहेको छ । गीतमा सैलेन्द्र प्रधान ‘बाबु’ को संगीत संयोजन रहेको छ । वेब सिरिज ‘ट्वान्टी फर्स्ट लब’ यु ट्युबमा दर्शकले मन पराए पछी यो गीत पनि यु ट्युब निकै नै सर्च भएको थियो । अब दर्शकको प्रतिक्षा सकिएको छ। ‘ट्वान्टी फर्स्ट लब’ ले सिरिजमा गीतको प्रयोग गरे पछि अहिले बन्ने सिरिज हरुमा पनि गीत प्रयोग गर्ने चलन आएको छ । यस सिरिज लाइ दर्शकले मन पराए अब केहि समयमा यस सिरिजको दोस्रो भाग पनि निर्माण गरिने एसियन म्युजिकका इश्वर गुरुङले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.