नबिनको डान्सिङ नम्बर ‘मुसु मुसु हास्यौ’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

पाल्पा जिल्लाको कला संस्कृति र संस्कारको रुपमा रहेको ख्याली चुड्का भजन जस्लाइ रोइला भनिन्छ सोही भाकालाई आधार बनाएर नवीन पौडेलले नयाँ गीत भिडियो सहित सार्बजनिक गरेका छन् । लुम्बिनी र गण्डकीमा अत्यधिक प्रचलनमा रहेका यस्ता भाकाहरु संकलन र शृजना गर्नु नवीन को पर्याय नै हो। ‘मुसु मुसु हास्यौ मानी छौ र कि सरम, हाइ भनम कि गुड गरम’ उनको पछिल्लो डान्सिङ नम्बर हो।

सार्बजनिक गीतमा नवीन पौडेल, धर्मराज पोखरेल र देबि घर्तिको स्वर सुन्न सकिन्छ। लय शृजना स्वयम् नबिनले गरेका हुन भने शब्द बाबुराम पन्थी र धर्मराज पोखरेलले गरेका हुन। मन्जुश्री फिल्मस ले निर्माण गरेको भिडियो को निर्देशन कुमार केसिले गरेका हुन। भिडियोमा सुरेन्द्र र आरुसी मगरको अभिनय हेर्न सकिन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.